प्रचण्ड–नेपाल पक्षको निर्वाचन आयोगलाई प्रश्न : नेकपा विवाद टुङ्गो नलगाई चुनाव कसरी हुन्छ ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन २, आईतबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फागुण २, काठमाण्डौ । नेकपा प्रचण्ड–नेपाल समूहले नेकपा विवाद हल नगरी निर्वाचनको प्रक्रियामा अघि बढ्न नमिल्नेबताएको । आचारसंहिताबारे छलफल गर्न भन्दै निर्वाचन आयोगले आइतवार बोलाएको बैठकमा प्रचण्ड–नेपाल पक्षका तर्फबाट सहभागी स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेकपाको विवाद समाधान नगरी निर्वाचनको प्रक्रिया अगाडि बढाउन नमिल्ने जिकिर गरेका हुन् ।

आफूहरूले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसारको दाबी सहितको पत्र निर्वाचन आयोगमा बुझाए पनि अहिलेसम्म आधिकारिकतासम्बन्धी कुनै निर्णय नआएको उनले बताए । आधिकारिकता दाबीका लागि ३० दिनको म्याद गुज्रिसकेको भनेर गरिएको दाबीका सम्बन्धमा पोखरेलले नेकपाको वास्तविक विवाद माघ १२ गते निर्वाचन आयोगले पत्र दिएपछिबाटै शुरू भएको बताएका छन् ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस