फागुण ५, पोखरा । गण्डकी प्रदेश सरकारले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा मंगलबार आयोजित तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षमा प्रदेश सरकारले गरेका मूख्य उपलब्धि सार्वजनिक गरेका हुन् ।
प्रदेश सरकारले तीन वर्षको अवधिमा ४६ वटा ऐन र १० वटा नियमावली बनाएको मुख्यमन्त्री गुरुङले जानकारी दिए । उनले तीन वर्षमा प्रदेशभित्र कालोपत्रे सडक १ सय ३७ किलोमिटर र ग्राभेल डिक २ सय ९२ किलोमिटर निर्माण सम्पन्न भएको जानकारी दिए ।