निर्वाचन आयोगले आज पाँचौँ निर्वाचन दिवस मनाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुण ७, फागुन । नेपालमा २०१५ फागुन ७ गते आम निर्वाचन प्रारम्भ भई वालिग नेपालीले मताधिकारको उपयोग गर्न पाएको दिनलाई स्मरण गर्दै आज निर्वाचन आयोगले पाँचौँ निर्वाचन दिवस मनाउँदैछ ।

निर्वाचनमा सबै, सधैँ, सँगै’ भन्ने मूल नाराका साथ आयोगले २०७३ देखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन दिवसका अवसरमा सम्पूर्ण मतदातालाई शुभकामना व्यक्त गर्दै आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सक्रियतापूर्वक सहभागी हुन आह्वान गरेकाछन् ।

मुलुकको स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, जनतामा नीहित सार्वभौमसत्ता, वालिग मताधिकार, आवधिक निर्वाचन र संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको संवैधानिक जिम्मेवारी आयोगको रहेको भन्दै आयोगले निर्वाचन व्यवस्थापनको साढे छ दशक लामो अनुभव र संवैधानिक निकायको हैसियतमा स्थापनाका ५४ वर्ष पूरा गरिसकेको बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस