प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग किन जाँदैछन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ७, शुक्रबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुण ७, काठमाडौं । नेकपाको प्रचण्ड नेपाल समूह केन्द्रीय सदस्यहरुको नागरिकता सक्कल प्रति सहित निर्वाचन आयोग जाने भएको छ । केन्द्रीय कमिटीका बहुमत सदस्यहरु आफ्नो पक्षमा रहेको दाबी गर्दै आएको प्रचण्ड=नेपाल समूह आधिकारिकता दाबी गर्नका लागि केन्द्रीय सदस्यहरुको नागरिकतासहित निर्वाचन आयोग जान लागेको हो ।

प्रचण्ड-नेपाल समूहले बिहीबार नै सर्कुलर जारी गरेर आफ्ना सबै केन्द्रीय सदस्यहरुलाई शुक्रबार मध्याह्नसम्म नागरिकताको सक्कल प्रतिसहित केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन भनेको थियो । पेरिसडाँडामा भेला भएपछि अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालसहित निर्वाचन आयोगको कान्तिपथस्थित कार्यालय जाने तयारी गरिएको छ ।

 

फोटो फाईल

ताजा अपडेट

खोजी गर्नुहोस