दिपू बर्णवाल
फागुण ७, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ पटेलनगरमा आज ढलान नालाको शिलान्यास गरिएको छ । विघठित प्रतिनिधि सभाका सदस्य प्रदिप यादब र प्रदेश सभा सदस्य जन्नत अन्सारीले सयुँक्त रुपमा ढलान नालाको शिलान्यास गरेका छन् । निबर्तमान सांसद यादबको संसदिय कोषबाट २० लाख र प्रदेश सभा सदस्य जन्नत अन्सारीको संसदिय कोषबाट १० लाख गरी जम्मा ३० लाखको लागतमा निर्माण हुन लागेको ढलान नालाको एक कार्यक्रमका बिच शिलान्यास गरिएको हो ।
ढलान नालाको शिलान्यास गर्दै जनता समाजवादी पार्टी (जसपा) का केन्द्रिय सदस्य समेत रहेका यादबले समाजको विकासका लागी भौतिक पूर्वाधारको विकासले महत्वपूर्ण भुमिका खेल्ने बताए । शिक्षा, स्वास्थ्य जस्ता आधारभुत आवश्यक्ता सँगसँगै सडक, नाला लगायतका भौतिक पुर्वाधारको विकास गर्नुपर्ने उनको धारणा छ । अरुको तुलनामा आफ्नो क्षेत्रमा भौतिक तथा सामाजिक रुपमा उल्लेख्य विकास निर्माणका कामहरु भएको यादबले दावी गरे ।
करिब सवा २ सय मिटर लम्बाईको ढलान नाला निर्माणका लागी निरन्जन पटेल र राजन पटेलको अध्यक्षतामा २ वटा उपभोक्ता समिति बनाई काम थालनी गरिएको छ । निर्धारित समयभित्रै गुणस्तरी र विश्वसनिय नाला निर्माण गर्ने उपभोक्ता समितिले प्रतिबद्धता जनाएको छ । शिलान्यास कार्यक्रममा सांसद यादब, प्रदेश सभा सदस्य जन्नत अन्सारी, जसपाका नेता राधाकृष्ण यादब, इकाई अध्यक्ष निरन्जन पटेल, स्थानीय नेता भोज महतो, श्रवण पटेल, क्षेत्रिय सदस्य हरीशंकर कुश्वाहा, कृष्ण कुश्वाहा, दुर्गा राउत पटेल लगायतको उपस्थिती रहेको थियो ।