‘चुनावका लागि आयोगले तयारी गरेको छैन’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ८, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताएका छन् । शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चुनावका लागि निर्वाचन आयोगको तयारी राम्रो नदेखिएको बताए ।

नागरिकले निर्वाचन आयोगको तयारी थाहा नपाएको उनको भनाइ छ । निर्वाचन आयोगले नागरिकले थाहा पाउने गरी समयमै चुनाव गर्न तयारी गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए । उनले भने ‘चुनाव गर्नुपर्ने निकायले चुनावको तयारी समयमा गर्नुपर्दछ । मैले ५ गते प्रतिनिधि सभा विघटन सिफारिस गरेर विघटन भएपछि ६ गते नै बिहान बोलाएर निर्वाचन आयोगलाई दुई महिना एक दिनअघि नै अब चुनावको तयारी गर्नुस् भन्या छु । मैले अस्ति गएर सोधे, तयारी गरिरहेका छौँ भन्नुभयो तर कार्यक्रम प्रकाशित भएको छैन । केही भएको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस