शहीदका शालिक अनावरण गर्न पाउँदा गौरवान्वित महसुस गर्दै छु : सांसद् यादव

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ८, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

दिपू वर्णवाल

फागुण ८, वीरगञ्ज । प्रतिनिधी सभाका सदस्य प्रदिप यादवले शहिदहरुको त्याग र तपस्याका कारण प्राप्त उपलब्धी अहिलेको विषम राजनितिक अवस्थाका कारण धरापमा परेको बताएका छन् । जनता समाजवादी पार्टी (जसपा) पर्साले आयोजना गरेको वीर शहिदहरुको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादबले भौगोलिक विविधताले भरिएको देशमा मधेशी समुदायले पनि सुनमा सुगन्ध थप्ने काम गरेको बताए । मधेशी समुदायका जनताहरुको भुमिकालाई सरकारले हेपाहा दृष्टिले हेर्ने हुँदा संसददेखी सडकसम्म आफुले उक्त विभेदको दृष्टिकोणविरुद्ध आवाज उठाउँदै आएको यादबको भनाई छ ।

आफुले उठाएको आवाजकै देनस्वरुप अहिले सरकारले कानुन बनाएको यादबले दावी गरे । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका यादबले मधेशी समुदायको प्रतिनिधित्व गर्दै मधेशी समुदायको हक, हित र बृद्धि विकासको लागी आफु सदैव तयार रहेको बताए । पछाडीबाट छुरा रोप्ने सामन्तकारीलाई अगाडीबाट आउन पनि उहाँले चुनौति दिनुभयो । जसपा पार्टी अरुजस्तो षड्यन्त्रकारी र विभेदकारी नितिबाट टाढा रहेको बताउँदै यादबले समानता र समावेशीताको मूल मन्त्र बोकेको पार्टी नै अन्तिम बिकल्प हुने ठोकुवा गरे । जसपा पर्साका अध्यक्ष रामनरेश यादबको सभापतित्वमा सम्पन्न कार्यक्रममा मधेश आन्दोलनमा प्राणको आहुति दिएका १ सय १० मध्ये ७ जना शहिदहरुको शालिक स्थापना गरी अनावरण गरिएको थियो । पर्सा क्षेत्र न। १ का सांसद यादबको संसदिय कोष र वीरगञ्ज महानगरपालिकाको सहयोगमा शालिक स्थापना गरिएको हो ।

शहिदको बलिदानी खेर नजाने बताउदै सांसद यादवले आगामी दिनमा मधेश आन्दोलनका सबै शहिदहरुको शालिक स्थापना गर्ने प्रतिबद्धता पनि सांसद यादबले व्यक्त गरे । कार्यक्रममा प्रदेश सभा सदस्य सिँहासन साह कलवार, करिमा बेगम, जन्नत अन्सारी, भिमा यादब, जिल्ला समन्वय समिति पर्साका सभापति नेक महम्द अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी, जसपाबाट निर्बाचित जिल्लाका स्थानीय तहहरुका जनप्रतिनिधी, सहिद परिवारका सदस्य लगायतको उस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण जसपा पर्साका सचिव तबरेज अहम्दले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस