पूर्वप्रधानमन्त्री खनाल भन्छन्-‘ओलीले देशभर पञ्चभेला गर्दै हिडेका छन्’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ९, आईतबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुण ९, काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर पञ्चभेला गर्दै हिँडेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले शनिबार विराटनगरमा गरेको प्रदर्शनलाई संकेत गर्दै उनले देशभर पञ्चभेला गरेको टिप्पणी गरेका हुन् । भारतमा उपचार गराएर शनिबार स्वदेश फर्किनु भएका खनालले पत्रकारहरुसँग विमानस्थलमा कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेर देशमा प्रतिक्रान्तिको थालनि गरेको र देशभर पञ्चभेला गर्दै हिँडेको बताएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस