प्रधानमन्त्री ओलीको रुन्चे अभिब्यक्ति : भन्छन्-‘संसद विघटन सदर नभए आन्दोलनमा जान्छौँ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन ९, आईतबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

फागुण ९, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन सदर नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा आयोजित आमसभामा बोल्दै ओलीले त्यस्तो चेतावनी दिएका हु्न् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले कसैका दबाबमा विघटन बदर गर्ने फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने उल्लेख गरे ।

सभामा ओलीले सर्वोच्च अदालतले दवावमा कुनै अन्यथा निर्णय लिन नसक्ने बताए । उनले महाधिवेशनबाट आएको अध्यक्षलाई हटाएर ‘मलाई अध्यक्ष चाहियो’ भनेर नपाइने बताए । प्रचण्ड–माधव समूहले आफ्नो पक्षमा कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी समेत उनले गरे । उनले कोही पनि भ्रममा पर्न जरुरी नरहेको भन्दै मुल पार्टी आफू अध्यक्ष रहेको नेकपा नै रहेको दावी गरे । सभालाई सम्बोधन गर्दै उनले पूर्वमन्त्री शेरबहादुर तामाङ र प्रदेश १ का प्रदेशसभा सदस्य उषाकला राई मुल घरमा फर्किएको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस