पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि आज दिल्ली जाँदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ फागुन ९, आईतबार (४ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

फागुण ९, काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि आइतबार भारतको नयाँ दिल्ली जाने भएका छन् । पेटमा समस्या देखिएपछि थप उपचारका लागि उनी नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जान लागेको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार नेता भट्टराईलाई न्युरो(इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । उनी चिकित्सकको सल्लाहमा दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आएका थिए । उपचारका क्रममा भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे रहने भट्टराईको सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस