अनेरास्ववियूले नारायणहिटी अगाडि प्रतिगमनलाई जुत्ता प्रहार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ फागुन १०, सोमबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फागुन १० काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहको विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार प्रतिगमनलाई जुत्ता हान्ने विरोध कार्यक्रम गरेको छ । नारायणहिटी संग्रहालय अगाडि अनेरास्ववियूका नेता कार्यकर्ताले प्रतिगमनलाई जुत्ता प्रहार गरेका हुन् ।

संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको प्रचण्ड माधव समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । तीन चरणको विरोधसभा गरिसकेको यो समूहले चौथो चरण अन्तर्गत मानव साङ्ग्लोले टुँडिखेल घेराउको कार्यक्रम गरिसकेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस