फागुण ११, काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सामग्री गरिदका लागि बोलपत्र आह्वान गर्दैछ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो ।
सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको आयोगले मतदान केन्द्रमा प्रयोग हुने विभिन्न किसिमका निर्वाचन सामग्री खरिदका लागि मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित हुने जनाएको छ ।