अहिले सत्ताको बारेमा जसपासंग एजेण्डा नै छैन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २८, शनिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

चैत्र २८,काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को बैठक तत्काल नबस्ने देखिएको छ । नयाँ सरकार गठनको चाबी बोकेको जसपाले तत्काल बैठक राखेर निर्णय नलिने भएको हो ।

जसपा वरिष्ठ नेता राजेन्द्र महतोले भने, ‘अहिले सत्ताको बारेमा जसपामा एजेण्डा नै छैन । मुद्दाको विषयमा मात्र कुराकानी भइरहेको छ । सत्ता समीकरणका विषयमा हामीलाई केही निर्णय लिन हतार छैन । आवश्यकता अनुसार बैठक बस्छ ।’

उनले बैठक कहिले बस्छ भन्ने केही टुंगो नलागेको बताए । ‘पार्टीमा समायोजनको कामका लागि बैठक नबस्ने भन्ने कुरा छैन । बैठक बस्ला । तर सरकारले हाम्रो माग सम्बोधनका विषयमा प्रक्रिया अगाडि बढाएको छ । सत्ता समीकरणका विषयमा तत्काल बैठक बसेर निर्णय गरिहाल्नुपर्ने त्यस्तो के परेको छ र ?’ उनले भने ।

यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले पनि आन्तरिक छलफल भए पनि बैठकको टुंगो नलागेको बताए । यादवले भने, ‘पार्टीभित्र सरसल्लाह हुँदैछ । बैठकको कहिले बस्ने तय भएको छैन । चाँडै बैठक बस्ने कुरा छ ।’

शुक्रबार काँग्रेस–माओवादी केन्द्र र जसपाको संयुक्त छलफलमा सत्ता समीकरणबारे जसपाले समय मागेको थियो । आफ्नो निवासमा भएको तीन दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखेपछि पार्टीमा छलफल गरेर निर्णय दिने जसपाको धारणा थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस