प्रधानमन्त्रीको चेतावनी: संसदीय अंकगणितलाई दुरुपयोग गर्ने “शकुनीका गोटी” फ्याँकिदिन्छु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ चैत्र २८, शनिबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

चैत्र २८,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको भन्दै कटाक्ष गरेका छन् । नेपाली काँग्रेससहित माओवादी केन्द्र र जसपाबीच वैकल्पिक सरकार गठनका लागि औपचारिक छलफल सुरु भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले आक्रोश पोख्दै उनीहरुलाई विकास विरोधीको संज्ञा दिएका हुन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका हुन् ।

भूकम्पले ध्वस्त बनाएका संरचनाहरूको पुनर्निर्माण, अस्पताल र बाटाहरु निर्माणका लागि सरकारले उल्लेखनीय काम गरेको दावी गर्दै उनले विकास विरोधी र मुलुकमा अस्थिरता निम्त्याउन खोज्नेहरू भने सरकारको विकल्प खोज्ने तर्फ उन्मुख भएको टिप्पणी गरे । उनले त्यस्ता क्रियाकलापमा संलग्नहरुलाई “शकुनी”को संज्ञा दिए । उनले संसदीय अंकगणितलाई दुरुपयोग गर्ने “शकुनीका गोटी” नै आफूले फ्याँकिदिने चेतावनी दिए ।

मुलुकमा अस्थिरता ल्याउन खोज्नेहरूले संसदीय अंक गणितलाई व्यक्तिगत स्वार्थका लागि दुरुपयोग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दे उनले आफूले त्यस्तो हुन नदिने दाबी गरे । उनले राजनीतिमा देखिएका शकुनीहरुले संसदको अंक गणितलाई आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न खोजेको उल्लेख गर्दै शकुनीका गोटी नै फ्याँक्न आफू एक्लै पर्याप्त भएको दाबी गरे ।

उनले भने, ‘अस्थिरता ल्याउन खोज्ने तत्वहरु, संसदीय अंक गणितलाई गलत प्रयोजनका लागि पुर्याउने प्रयासहरु, अस्थिरताका लागि अंकगणितको दुरुपयोग गर्न खोज्ने प्रयासहरु विल्कुलै सकारात्मक होइनन् ।

उनले पाण्डव र रामको दृष्टान्त दिदै उनले केही महिनालाई तलमाथि परिहाल्यो भने पनि आफू फेरि पनि सत्ताको नेतृत्वमा आईपुग्ने दाबी गरे ।

 

ताजा अपडेट

खोजी गर्नुहोस