उपनिर्वाचनका लागि विपक्षी दलको गठबन्धन तयारी

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ बैशाख २३, बिहिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

बैशाख २३, काठमाडौं । राष्ट्रिय सभा बाग्मती प्रदेशतर्फ ६ र लुम्बिनी प्रदेशतर्फ १७ जेठमा हुन गइरहेको उपनिर्वाचनका लागि विपक्षी दलले गठबन्धन तयारी थालेका छन् । कांग्रेस, माओवादी केन्द्र, जसपा र एमालेको माधव नेपाल पक्षसमेत गरी विपक्षी दलका शीर्षनेताको मंगल र बुधबार बसेको बैठकले एमालेको केपी ओली पक्षका उम्मेदवारविरुद्ध गठबन्धन बनाउने निर्णय गरेको हो ।

जसअनुसार यो समूहले बाग्मती प्रदेशमा रिक्त सदस्य पदमा खिमलाल देवकोटालाई अघि बढाउने निर्णय गरेको छ । उनी नेकपा एकता हुँदा प्रचण्ड–नेपाल समूहनिकट थिए । जसपा अध्यक्ष उपेन्द्र यादवको ललितपुर हात्तिवनस्थित निवासमा बुधबार बिहान भएको ती दलका नेताको छलफलपछि यस्तो निर्णय भएको हो । एमालेको ओली पक्षले भनेलाई बाग्मतीमा रामबहादुर थापालाई उम्मेदवार बनाउने बताउँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस