साउन २१, काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकले आज प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी बताइएको छ ।