प्रधानमन्त्रीद्वारा जनगायक जेबी टुहुरेको निधनमा दु:ख व्‍यक्त

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १०, बिहिबार (३ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भदौ १०, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले जनगायक जुठबहादुर खड्की जेबी टुहुरेको निधनमा दु:ख व्‍यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनगायक ‘जेबी टुहुरे’को निधनमा दु:ख व्‍यक्त गरेका हुन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘कलाकार जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनको खबरले निकै स्तब्ध भएको छु । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’

साथै प्रधानमन्त्री देउवाले टुहुरेको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस