पुर्व उपमेयर भट्टराईसहित १२ जना काँग्रेसमा प्रवेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ भाद्र १२, शनिबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भदौ १२, पोखरा । पोखराका पर्यटन व्यवसायी तथा पुर्व उपमेयर गणेशबहादुर भट्टराई सहित १२ जना नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । राप्रपाको राजनीतिबाट उपमेयर बनेका भट्टराई शुक्रबार कांग्रेस प्रवेश गरेका हुन ।

भट्टराई सहित पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई, जीवन भट्टराई, धर्मेन्द्रकुमार बाटाजु, अशोकुमार भण्डारी, ई. विकास भट्टराई, ई. विशेष भट्टराई, जयराम तिमिल्सिना, सुनिलबहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र आशिष भट्टराई लगाएतलाई प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले वालुवाटारमा पार्टी प्रवेश गराएका हुन् ।

पार्टी प्रवेश पछि भट्टराईले गण्डकी प्रदेशमा कांग्रेस स्थापित गराईराख्न र थप मजबुत गराउने प्रतिवद्धता जनाए । उनले लोकतन्त्रलाई सबै युवाहरुले आत्मसात गरेको भन्दै युवाकै लागि आफुलाई समर्पित गर्ने बताए ।

पोखराको राजनीतिमा भट्टराई परिवारको भुमिका महत्वपूणर्रुपमा लिने गरिन्छ । भट्टराई परिवार प्रवेश गरेसँगै पोखरामा काँग्रेस पहिलेको तुलनामा अझ बलियो हुने देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस