बिपी प्रतिष्ठानको खाताबाट रकम झिकिएको आराेपमा एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर २३, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर २३, काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत ४ लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ ।

किर्ते गरेर चेक साटेको अभियोगमा प्रतिष्ठानकै एमबिबिएस अध्ययनरत प्रभात कापडी र विश्वेश झा र सिरहाको मिर्चैयास्थित सनराइज बैंकमा कार्यरत कर्मचारी अजयकुमार कर्ण र देवराज तिम्ल्सेना पक्राउ परेका हुन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। सोही अभियोगमा आरोपित प्रतिष्ठानका डाक्टर रोशन यादव भने फरार छन् ।

डिएसपी ढुण्डीराज न्यौपानेका अनुसार घटनामा हालसम्म प्रतिष्ठानमै एमबिबिएस अध्ययनरत तीनजना विद्यार्थी मुख्य दोषी देखिएका छन् । उनीहरूले ६ महिनाअघि लेखा शाखाको ड्रबाट चेक चोरी गरेको बयान दिएका छन् । चेकमा अस्पताल निर्देशक डाक्टर गौरीशंकर शाह र तत्कालीन लेखा प्रमुख दिनेशराज दाहालको हस्ताक्षर छ ।

गत भदौ १९ गतेको मितिमा काटिएको सो चेक विद्यार्थीहरूले भदौ २७ गते मिर्चैया शाखाबाट साटेका थिए । अस्पताल निर्देशक डाक्टर साहले आफ्नो हस्ताक्षर किर्ते गरेको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन् ।

चेक किर्ते गरेको अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले चेकमा भएको हस्ताक्षर स्टाम्प हानेको जस्तो देखिए पनि भेरिफाइ गरेकाले बैंकका दुई कर्मचारी पक्राउ गरेको जनाएको छ । नगरिक दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस