संस्थानमा डुब्यो साढे १८.५ अर्ब

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ मंसिर २४, मंगलबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २४, काठमाडौं । सरकारले वैदेशिक ऋण लिएर संस्थानमा गरेको १८ अर्ब ५० करोड रुपैयाँ लगानी डुबेको छ।

सार्वजनिक संस्थान, निकाय र विकास समितिमा गरी ३७ वटा संस्थामा एक खर्ब ४६ अर्ब रुपैयाँ वैदेशिक ऋण लगानी थियो। त्यसमध्ये १५ संस्थानमा गरिएको १८ अर्ब ५० करोड रुपैयाँ लगानी डुबेको हो।

संस्थानलाई दक्षतापूर्वक सञ्चालन गर्न नसक्दा ऋण लगानीमा प्रतिफल प्राप्त हुन सकेको छैन। सरकारले रघुपति जुट मिल्स, विराटनगर जुट मिल्स लिमिटेडलगायतका उद्योग सञ्चालनका लागि दाता मुलुकबाट ऋण लिएर लगानी गरेको थियो। तर सरकारले ती संस्थानबाट ऋण उठाउन सकेको छैन। यद्यपि दातृ निकायले उल्लिखित संस्थान स्थापनामा सरकारलाई दिएको ऋण मिनाहा गरिसकेका छन्।

वैदेशिक ऋण लिएर सञ्चालन गरिएका १० औद्योगिक संस्थानमध्ये ६ वटा बन्द भइसकेका छन्। विराटनगर जुट मिल्स लिमिटेड, वीरगन्ज चिनी कारखाना, नेपाल कोल लिमिटेड, नेपाल रोजिन एन्ड टर्पेन्टाइल, भक्तपुर इँटा कारखाना र हिमाल सिमेन्ट कम्पनी बन्द भएका हुन्। उदयपुर सिमेन्ट नाफामा सञ्चालन भइरहे पनि उद्योगबाट सरकारले ऋण उठाउन सकेको छैन। अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस