फाल्गुण १, काठमाण्डौ । एन आई सी एशिया बैंकका सञ्चालक श्री रामचन्द्र संघईज्यूलाई मुलुकको अर्थतन्त्रमा उल्लेख्य योगदान पु–याएवापत नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” (Commercially Important Person-CIP) सम्मानबाट विभूषित भएका छन् । सीआईपी सम्मान निजी क्षेत्रलाई सरकारले प्रदान गर्ने सबै भन्दा ठूलो सम्मान हो ।
नेपाल सरकारको तर्फबाट उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले गत मंगलवार आयोजना गरेको एक विशेष समारोहमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले यस बैंकका सञ्चालक श्री रामचन्द्र संघईलाई महत्वपूर्ण व्यावसायिक व्यक्तिको परिचयपत्र, सीआईपी लोगो तथा प्रमाणपत्रले विभूषित गरि सम्मान प्रदान गरेका हुन् । उनी अध्यक्ष रहेको श्री त्रिवेणी स्पिनिङ मिल्स प्रा.लि. (बारा) नेपालबाट तेस्रो मुलुकमा सबै भन्दा बढि रकमको वस्तु (धागो) निर्यात गर्ने अग्रणी उद्योगको रुपमा रहेकोले उक्त सम्मानबाट वहाँलाई नेपाल सरकारले विभुषित गरेको हो ।
यस बैंकका सञ्चालक श्री रामचन्द्र संघई सम्मानित भएको यस शुखद् अवसरमा समस्त बैंक परिवार उनलाई हार्दिक बधाइ ज्ञापन गर्नुका साथै आगामी दिनहरुमा यस्तै कामका लागि वनलाई थप प्रेरणा मिलोस भन्ने शुभकामना व्यक्त गर्दछ । बैंकका सञ्चालक श्री रामचन्द्र संघईलाई सम्मान गरेकोमा यस बैंक नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छ । साथै, यस प्रकारको सम्मान बाट विभुषित हुने “महत्वपूर्ण व्यावसायिक व्यक्ति” हरुले नेपाल सरकारको तर्फबाट विभिन्न सुबिधाहरुका साथै विमानस्थलमा भिआईपी कक्षको सुविधा, उद्योग वाणिज्यसँग सम्बन्धित सबै समारोहहरुमा प्राथमिकताकासाथ आमन्त्रण र आसनग्रहणको व्यवस्था लगायत विदेशमा हुने व्यापारिक तथा औद्योगिक मेला एवं प्रदर्शनीहरुमा प्रतिनिधित्व गर्न प्राथमिकता पाउने व्यवस्थाले सम्मानित व्यक्तित्वहरुमा थप सकारात्मक उर्जा प्रदान हुनेभई देशले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न थप योगदान पुग्ने विश्वास बैंकले लिएको छ ।