फाल्गुण १, धनगढी । पश्चिम सेतीका लागि सडक, संगीत र संघर्षु कार्यक्रम आयोजना गरिएको छ। बुधबार बोलन्या थलीको आयोजनामा काठमाडौंको कीर्तिपुरमा सडक कार्यक्रम भएको हो । कार्यक्रममा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत बनाउन सरकारलाई सांकेतिक दबाब दिन प्रतिव्यक्ति ७ सय ५० रुपैयाँ समेत संकलन गरिएको छ ।
‘हामीले सरकारलाई सांकेतिक रूपमा दबाब दिन ७५० रुपैयाँ उठाएका छौं’, आयोजकका संयोजक यादव जोशीले भने,‘सुदूरका ८८ स्थानीय तहबाट संकलित १ लाख चिठी र ७५० रुपैयाँ लिएर प्रधानमन्त्रीलाई छिट्टै ज्ञापनपत्र बुझाउँछौं ।’ यसका साथै आयोजकले सरकारलाई दबाब दिन विभिन्न कार्यक्रम समेत गर्ने भएको छ । आश्वासनका २८ वर्ष पश्चिम सेती कहिले बन्छरु नारासहित फागुन अन्तिममा डोटीमा ७५० वटा डोका प्रदर्शन गरिने उनले बताए ।