आइसीएफसी फाइनान्सको २० करोडको ऋणपत्र फागुन १३ गतेबाट खुल्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन ४, आईतबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण ४, काठमाण्डौ । आइसीएफसी फाइनान्सले २० करोड रुपैयाँ बराबरको ऋणपत्र फागुन १३ गतेबाट बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २ लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो ।

यसमध्ये ८० हजार इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १ लाख २० हजार इकाई भने फाइनान्सले आफ्नै पहलमा अन्य संस्थालाई बिक्री गर्नेछ ।

लगानीकर्ताले न्यूनतम २५ इकाई र अधिकतम ७६ हजार इकाईसम्म आवेदन दिन सक्नेछन् । यस ऋणपत्रमा छिटोमा फागुन १६ गते र ढिलोमा फागुन २७ गतसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस