फागुन ५,काठमाडौँ । काठमाडौँमा जारी माछापुच्छे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिता अन्तर्गत मुख्य प्रयोजक माछापुच्छे बैंक प्रि–क्वाटर फाईनलमा प्रवेश गरेको छ । तेस्रो दिनको खेल अन्र्तगत माछापुच्छे बैंकले सनराईज बैंकलाई ४ विकेटले पराजित गरी प्रि–क्वाटरफाईनलमा प्रबेश गरेको हो ।
क्वाटर फाईनल प्रबेशको लागि माछापुच्छे बैंकले अब मंगलबार प्राईम कर्मशियल बैंकसंग प्रतिस्पर्धा गर्नेछ । काठमाण्डौको कीर्तिपूर स्थित त्रिभुवन अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा शनिबारदेखि संचालन भईरहेको माछापुच्छे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगितामा फागुन ७ गते बुधबारसम्म चल्ने प्रतियोगितामा मंगलबार प्रि क्वाटर फाईलन तथा क्वाटर फाईनलका खेलहरु हुनेछन् भने अन्तिम दिन बुधबार सेमिफाईनल तथा फाईनल खेलहरु हुनेछन् ।