नेपाली उत्पादित वस्तु प्रमाणपत्रविनै भारत निर्यात गर्न सकिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ चैत्र २४, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र २४, काठमाडौं । लकडाउन अवधिमा नेपालमा उत्पादित वस्तुको उत्पत्ति प्रमाणपत्र ९सर्ट्फििकेट अफ ओरिजन० विना नै भारत निर्यात गर्न सकिने भएको छ । लकडाउनका कारण उत्पत्तिको प्रमाणपत्र बनाउन नसक्ने अवस्था आएपछि दुवै मुलुकको सहमतिमा यस्तो व्यवस्था गरिएको हो । तर, लकडाउन खुलेपछि निर्यात भइसकेको वस्तुको उत्पत्तिको प्रमाणपत्र बनाएर भारतलाई बुझाउनुपर्ने छ ।

भारतमा उत्पादित हुने वस्तु आयात गर्दा पनि उत्पत्तिको प्रमाणपत्र अनिवार्य नगरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ । भन्सार तिरेर निर्यात हुने सामानमा भने यसले कुनै असर नगर्ने मन्त्रालयको भनाइ छ । नेपालमा उत्पादित वस्तु भारतमा निर्यात गर्दा सम्बद्ध वस्तु नेपालमा नै बनेको भनेर प्रमाणित गर्ने काम नेपाल उद्योग वाणिज्य महासंघले गर्दै आएको छ । तेस्रो मुलुकमा निर्यात गरिने वस्तुको हकमा भने नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले प्रमाणीकरण गर्दै आएका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस