अब हङकङबाट पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरको रेमिटान्स सेवा

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । हङकङको ख्यातिप्राप्त केएमई रेमिटान्स (KME Remittance ) लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहनुभएका नेपालीहरुले केएमई रेमिटान्स को सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने , नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र प्केएमई रेमिटान्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङ्गले हस्ताक्षर गरेकी छिन् ।

सोमबार एक औपचारिक समारोहका बिच हङकङबाट नेपाल पठाउने पहिलो बिप्रेषण कारोबार नेपालको लागि हङकङका महाबाणिज्य दूत कमल प्रसाद भट्टराईद्वारा उदघाटन गरी रेमिटान्स कारोबार सुरु गरिएको छ । साथै नेपाल बिप्रेषण पठाउदा १ हप्ता को लागि निशुल्क पठाउने ब्यबस्था गरिएको छ र यो ब्यबस्था ३१ मे २०२० सम्म लागु हुनेछ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस