कोरोना भाइरससँग लड्न एडीबीले नेपाललाई ३० अर्ब सहयोग गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १३, मंगलबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

जेठ १३,काठमाडौँ । एसियाली विकास बैंक (एडीबी)ले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर (करिब ३० अर्ब रुपैयाँ) ऋण सहायता उपलब्ध गराउने भएको छ । एसियाली विकास बैंकले मंगलबार उक्त ऋण सहायता स्वीकृत गरेको हो ।

सार्वजनिक स्वास्थ्य सेवाको सुदृढीकरण तथा कोभिड-१९ का कारण आर्थिक तथा सामाजिक रुपमा परेको क्षति न्यूनीकरणमा यो रकम खर्च हुने एडीबीले जानकारी गराएको छ ।

एसियाली विकास बैंकका अध्यक्ष मसास्टुगु असकावाले प्रतिकुल अवस्थामा बैंक नेपालको साथमा रहेको उल्लेख गर्दै यो सहुलियतपूर्ण ऋण सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका गतिविधिमा लगाउन सक्ने उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस