जेठ १४,धादिङ । जिल्लाको धुनिवेशी नगरपालिका स्थित खानिखोलामा रहेको नोभा जेनेटिका प्रा.लिद्धारा सञ्चालित औषधी उद्योगमा आगलागी नियन्त्रणमा आएको छ । इलाका प्रहरी कार्यालय खानिखोलाका प्रहरी प्रमुख रुक बहादुर खड्काले अनलाईनकेन्द्रलाई दिएको जानकारी अनुसार करिब पौने घण्टापछि आगो नियन्त्रणमा आएको हो ।
आगोलागी नियन्त्रणका लागी नेपाल प्रहरीको टोली, धुनिवेशी नगरपालिकाको बारुणयन्त्र,स्थानीयवासी,नगरप्रहरी, आदमघाटस्थित सशस्त्र प्रहरीको टोलीको सहयोग रहेको थियो । औषधी फ्याक्ट्रीमा सेनिटाईजर बनाउनको लागि ट्याङकरमा ल्याइएको स्प्रिटलाई ड्रममा राख्ने क्रममा स्प्रिटबाटै आगो सल्किएको प्रहरी निरिक्षक खड्काले जानकारी दिएका छन् ।
उनका अनुसार विस्तृत क्षतीको विवरण आएको छैन् । यद्यपी एक करोडभन्दा बढीको क्षती भएको प्रारम्भिक आंकलन गरिएको छ । प्रारम्भिक विवरण अनुसार आगलागीबाट उद्योगमा रहेको ६० लाख बराबरको स्प्रिट,७ वटा मोटरसाईकल,फर्निचर लगायत अन्य सामाग्री नष्ट भएको छ ।