जेठ १५,काठमाडौँ । आई पे रेमिट प्रा.लि. र कृषि विकास बैँक लि. बीच गत मंगलबार जेठ १३ गते विप्रेषण कारोबार भुक्तानी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । कृषि विकास बैँक लि.का प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको उपस्थितीमा सम्पन्न सो कार्यक्रममा आई पे रेमिट प्रा.लि.का तर्फबाट कम्पनीका कार्यकारी निर्देशक इन्द्र प्र.शर्मा र कृषि विकास बैँक लि. को तर्फबाट बैँकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षरपछि दुई पक्षबीचको आपसी सहयोगले व्यवसाय बृद्धीमा ठुलो भुमिका खेल्ने भएकोले एक अर्कालाई सहयोग गरी अगाडी बढेर जानुपर्ने बैँकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । बैँकसंगको सहमतीपछि अब विश्वका जुनसुकै ठाँउबाट पठाइएको रकम नेपाल भर रहेका कृषि विकास बैँकका सबै शाखाहरुबाट प्राप्त गर्न सकिने भएको छ । यसबाट आई पी रेमिटका ग्राहक बर्गलाई थप सुविधा हुने आई पे रेमिट प्रा.लिका बजार प्रमुख रुपनारायण श्रेष्ठले अनलाईनकेन्द्रलाई बताए ।