स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन, स्वास्थ्य मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १५, बिहिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षको लागी बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्ष २०७७/७८ को लागी बजेट सार्वजनिक गरेका हुन् । सरकारले यसपालीको बजेटमा स्वास्थ्य क्षेत्रमा उल्लेखनिय बजेट छुट्टयाएको छ ।
हेर्नुस यसपालीका बेजेटका केही महत्वपुर्ण सुचीहरु
-प्रदेश र स्थानीय तहलाई १ खर्ब २२ अर्ब बाँडफाट ।
-प्रदेशलाई ५५ अर्ब १९ । स्थानिय तहलाई ९० अर्ब समानीकरण अनुदान ।
-९ अर्ब समपूरक अनुदान, ९ अर्ब विशेष अनुदान ।
-राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान ।
-राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान ।
-चालु आर्थिक वर्षमा १० खर्ब ७३ अर्ब सरकारी खर्च हुने अनुमान ।
-विदेशी मु्द्रा सञ्चिती ११ खर्ब ५६ अर्ब ।
-निर्यात १२ .९ प्रतिशतले बढ्यो। आयात घट्यो ।
-विमामा पहुँच पुग्नेको संख्या ५६ लाखबाट ७० लाख ।
-स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन ।
-तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट ।
-सबै स्वास्थ्यकर्मीको ५ लाखको निशुल्क विमा ।
-३ सय शय्याको सरुवारोग अस्पताल । सबै प्रदेश राजधानीमा सरुवारोग अस्पताल ।
-स्वास्थ्य पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड विनियोजन ।
-सबै प्रदेशमा अत्याधुनिक प्रयोगशाला गरिने ।
-३ वर्षभित्र सबैको स्वास्थ्य विमा ।
-सबै स्थानीय तहका ४० प्रतिशतलाई स्वास्थ्य विमाको दायरामा ल्याउने ।
-स्वास्थ्य विमा कार्यक्रमका लागि ७ अर्ब बजेट ।
-केन्द्रीय अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क गरिने ।
-राष्ट्रिय रोग निदान केन्द्र स्थापना गर्ने ।
-राजमार्गमा ट्रमा सेन्टर बनाइने ।
-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड ।
-घरेलु, साना तथा मझौला उद्योग । कोरोना प्रभावित पर्यटनलगायत उद्योगका कर्मचारीलाई पारिश्रमिक दिन ५ प्रतिशत ब्याजमा रकम दिन -५० अर्बको कोष स्थापना ।
-कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटन ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष ।

ताजा अपडेट

खोजी गर्नुहोस