जेठ १५,काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षको लागी छुट्टाएको बजेटमा कृषि क्षेत्रलाई प्राथामिकतामा राखेको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो । सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ३ अर्ब २२ करोड छुट्याएको छ । आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ । रासायनिमक मलमा अनुदान वृद्धि गरी ११ अर्ब विनियोजन भएको छ । किसान क्रेडिट कार्डको सुरुवात गर्ने योजना रहेको छ ।
२ सय खाद्य भण्डारण केन्द्र बनाउन स्थानीय तहलाई १ अर्ब दिइने भएको छ । सबै स्थानीय तहमा एक कृषि र एक पशु प्राविधिक व्यवस्था गर्न ५० करोड बजेट विनियोजन भएको छ । फलफूलका विरुवा उत्पादन गर्न १ करोड ५ लाख र उखु उत्पादकलाई अनुदान दिन ९५ करोड बजेट विनियोजन भएको छ ।
कृषि अनुदान पुनरावलोकन गरी संघ प्रदेश र स्थानीय तहमा दोहोरो नपर्ने गरी दिने अर्थमन्त्री खतिवडाले बताएका छन्। महाकाली सिञ्चाई आयोजनालाई राष्ट्रिय गौरव आयोजना बनाइने । १० अर्ब विनियोजन । लिफ्ट तथा सोलार सिञ्चाइका लागि १ अर्ब १० करोड विनियोजन भएको छ ।