बजेट २०७७/०७८: अनलाईन सञ्चारमाध्यामलाई पनि लोक कल्याणकारी विज्ञापन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ १५, बिहिबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

जेठ १५,काठमाडौँ । सरकारले अनलाईन सञ्चारमाध्यामलाई पनि लोक कल्याणकारी विज्ञापन दिने भएको छ । यसअघि रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई लोककल्याणकारी विज्ञापन दिँदै आएको थियो । सरकारले अगामी वर्षसम्म फाइबर टु होमबाट सबै स्थानमा इन्टरनेट पु¥याउने र आगामी वर्ष देशभरी फोर जी सेवा पु¥याइने बताइएको छ ।

सबै प्रदेशमा सञ्चारग्राम र नेपाल टेलिभिजनलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउने अर्थमन्त्री खतिवडाले बजेटमा सार्वजनिक गरेका हुन् । उनले पत्रकार बिमालाई निरन्तरता दिने बताए ।  प्रत्येक प्रदेशमा चलचित्र छायाङ्कन गर्ने र चलचित्र विकास बोर्डलाई भवन निर्माणका लागि रकमको व्यवस्था गरिएको उनले बजेट भाषणमा उल्लेख गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस