जेठ १८,काठमाडौँ । आई पे रेमिट र सेल पे बीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच आई पे रेमिटका तर्फबाट कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे । अब सेलपे प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट आन्तरिक विप्रेषण गरि पठाएको रकम नेपालभर छरिएर रहेका ७ हजार ५ सय भन्दा बढी आइ पे रेमिटका भुक्तानी काउन्टरबाट सजिलै प्राप्त गर्न सक्नेछन् ।
यसका लागि (wallet)वालेटको आवश्यकता नपर्ने र बिप्रेषण बापतको रकम सेल पे मा आवद्ध भएका बैँक खाताबाट स्वत.डेविट हुनेछ । आई पे रेमिटले विगतदेखि नै विश्वका विभिन्न मुलुकबाट विप्रेषण रकम नेपाल भित्र्याइरहेको छ । साथै विदेशबाट नेपालमा रहेका बैँक तथा वितियसंस्थामा (Realtime a/c deposit)रियलटाइम बैँक अकाउन्ट डिपोजिटको व्यवस्था रहेको छ ।
अहिलेको विषयमा परिस्थितीमा (कोभिढ–१९) का कारणपनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न उत्प्रेरित गरिरहेको सन्दर्भमा ((Realtime a/c deposit)) रियल टाइम अकाउन्ट डिपोजिट र विभिन्न वालेट कम्पनीहरुसंग सहकार्य गरी कारोवार गरिरहेको आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले अनालाइन केन्द्रलाई बताए ।