जेठ १९, काठमाडौं । एसियाली विकास बैंक एडीबीले कोरोना भाइरससँग लड्न नेपाल सरकारलाई २५ करोड अमेरिकी डलर करिब ३० अर्ब रुपैयाँ ऋण सहायता उपलब्ध गराउने गरी सम्झौता भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा बजेटबारे उठेको प्रश्नको जवाफ दिँदै एकैपटक छोटो सयममा कुनै दातृ निकाले यति ठूलो ऋण दिएको पहिलोटक भएको बताए ।