भोलिदेखि बिहान ११ बजेसम्म पसल व्यवसाय खुला गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २१, बुधबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

बैशाख २१, काठमाडौ । काठमाडौंका व्यवसायीहरुले भोलि (बिहीबार) देखि बिहान ११ बजेसम्म पसल व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका छन् ।

साना उद्योगी तथा व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले बिहीबारदेखि आधा दिन पसलरव्यवसाय खुला गर्ने निर्णय गरेको हो ।

महासंघका महासचिव अञ्जन शाक्यले बिहीबारदेखि बिहान ११ बजेसम्म पसलहरु खुला गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । पसलहरु खुला भए पनि नेपाल सरकारले तोकेको कोरोना संक्रमण फैलन नदिन अपनाउनुपर्ने सुरक्षा सतर्कता भने अपनाइने उनले बताए ।

लामो समयदेखि व्यवसाय बन्द हुँदा धेरै ठूलो समस्या परेका कारण पसल व्यवसाय खोल्न लागिएको उनले बताए । ‘हामीले कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं,’ शाक्यले भने, ‘व्यवसाय खुला गरे पनि न्यूनतम दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले तोकेका न्यूनतम मापदण्डको हामी पालना गर्छौँ ।’

तर, सरकारले जेठ ३२ सम्म लकडाउन घोषणा गरेको छ नि ? भन्ने प्रश्नमा शाक्यले भने, ‘पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आयो वा बल प्रयोग भएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घरभाडा, बैंकको ब्याजदर र कर्मचारीको तलवभत्ताको जिम्मासमेत सरकारले नै लिनुपर्ने हुन्छ ।’

यसैबीच सरकारले लकडाउन खुकुलो बनाउने र मोडालिटी परिवर्तन गर्ने बताएसँगै मंगलबार र बुधबार राजधानीका सडकमा सवारी साधनहरु बाक्लै गुड्न थालिसकेका छन् । कतिपय ठाउँमा यातायात जामसमेत हुन थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस