सुनको मूल्य फेरि बढ्यो, तोलाको साढे ८७ हजार पुग्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २६, सोमबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौं । सुनको मूल्य आज सोमबार सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । यसअघि आइतबार छापावाल सुन प्रतितोला ८७ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य भने प्रतितोला ८७ हजार ६५ रुपैयाँ निर्धारण गरिएको छ ।
चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ९ सय ३० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँ कायम गरिएको थियो । महासंघले लकडाउनको साढे दुई महिनापछि आइतबारदेखि दैनिक मूल्य निर्धारण गर्न थालेको हो । उक्त दिन छापावाल सुन १० हजार चार सय रुपैयाँ बढेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस