भाद्र २६, काठमाडौं । सातामाको अन्तिम दिन शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्यमा ३ सय रुपैयाँ प्रतितोलाका दरले गिरावट आउँदै छापावाल सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ प्रतितोला रहेको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्यमा १३ सय १० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ ।