यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ प्रमुखमा शर्मा नियुक्त

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र २९, सोमबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

भाद्र २९,काठमाडौँ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मार्केटिङ प्रमुखमा माधव शर्मा नियुक्त भएका छन् । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा एजिएम रहेका उनी यूनियन लाइफमा डिजिएम पदमा नियुक्त भएका हुन् । उनलाई यूनियन लाइफमा मार्केटिङ प्रमुखको जिम्मेवारी तोकिएको छ ।

बीमा क्षेत्रमा करिब १६ वर्ष बिताएका शर्मा तीन वर्षअघि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा गएका थिए । शर्माले एमबीए, बिएससी गरेका छन् । यूनियन लाइफको मार्केटिङ प्रमुखबाट कोषराज सुवेदीले राजिनामा दिएपछि रिक्त पदमा शर्मालाई नियुक्त गरेकोे कम्पनीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस