भाद्र ३०, काठमाण्डौ । नेपाली बजारमा मंगलवार सुनको मूल्यमा वृद्धि भएको छ । मंगलवार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमवार छापावाल सुन प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यस दिन तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको छ । यसदिन चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमवार चाँदी प्रतितोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।