माउन्टेन इनर्जीको आजबाट आइपीओ खुल्यो, कस्तो छ कम्पनीको अवस्था ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ३१,काठमाडौँ । माउन्टेन इनर्जी नेपालको आजबाट १९ लाख ६८ हजार २७ कित्ता सेयर बिक्री खुला भएको छ । कम्पनीले म्याग्दी र नुवाकोट जिल्लाको आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १९ करोड ६८ लाख २ हजार ७०० रुपैयाँको सेयर बिक्री खुला गरेको हो । स्थानीयलाई बिक्री गरिसकेपछि सर्वसाधारणका लागि पनि आइपीओ खुला हुनेछ । यसले दोस्रो चरणमा सर्वसाधारणका लागि पनि १९ लाख ६८ हजार २७ कित्ता नै आइपीओ निष्कासन गर्नेछ ।

छिटोमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै आइपीओ बिक्री नभएमा असोज २९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् । यस आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको जनाउँछ ।

माउन्टेनले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा गोयल समूहको मुख्य लगानी रहेको छ । यसअघि साउन ८ गतेबाट आयोजना प्रभावित स्थानीयका लागि बिक्री खुला गर्न लागेको आइपीओ कम्पनीले देशभर जारी बाढी पहिरोका कारण जनजीवन अस्तव्यस्त बनेको भन्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि आइपीओ बिक्री कार्य स्थगित गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस