आजको शेयर बजार: कसले गुमाए ? कसले कमाए ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ भाद्र ३१, बुधबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ३१,काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार बढेको छ । नेप्से पाँच दशमलव ३६ अङ्कले बढेर १५ सय ४१ दशमलव ४० अङ्कमा पुगेको छ ।

बुधबार बैंक बाहेक अरु सबैजसो समूहको शेयर बढेको छ । होटल समूहको शेयर एक सय ४२ अङ्कले, जीवन बीमाको ७२ अङ्कले, जलविद्युतको ५४ अङ्कले र निर्जीवन बीमा कम्पनीको शेयर ४२ अङ्कले बढेको छ ।

बुधबार एक सय ९४ कम्पनीका ६३ लाख ९० हजार कित्ता शेयर एक अर्ब ८४ करोड ५६ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको नौ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बुधबार सबैभन्दा धेरै तीन वटा कम्पनीका शेयरधनीले १० प्रतिशत कमाएका छन् । तर समग्र शेयर बजार बढे पनि एनआईसी ब्यालेन्स फन्ड र लक्ष्मी इक्युटी फन्डका लगानीकर्ताले झण्डै चार प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस