असोज २, काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ९७ हजार तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९६ हजार ६०० मा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि तोलामा चार सय रुपैयाँ बढेको छ । बिहीबार ९६ हजार १०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९६ हजार ५०० तोकिएको छ ।
चाँदीको मूल्य पनि उकालो लागेको छ । बिहीबार एक हजार ३२० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३३० तोकिएको छ ।