माछापुच्छ्रे बैंकले १०.४ प्रतिशत लाभांस वितरण गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ आश्विन २, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

माछापुच्छ्रे बैंक लिमिटेडले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांस शेयरधनीलाई वितरण गर्ने भएको छ। बैंकको संचालक समितिको बैठकले २०७६/७७ को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरणका लागि प्रस्ताव गर्ने निर्णय गरेको हो। ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा साधारणसभामा पेश गर्ने बैंकले निर्णय गरेको छ। बैंकले गत आर्थिक वर्ष १ अर्व २६ करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको थियो। चुक्ता पुँजी ८ अर्व ४५ करोड ८४ लाख रहको बैंकको साधारण जगेडा कोषमा १ अर्व ७० करोड रुपैयाँ रहेको छ १५९ शाखा, १३३ शाखारहित बैकिङ्ग सेवा र ५ विस्तारित काउण्टर,१९९ एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत् बैंकले सेवा दिइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस