असोज ४, काठमाण्डौ । साताको पहिलो दिन आइतबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामान्य घटेको छ । आइतबार सुन स्थिर रहदै शुक्रबारकै तुलनामा प्रतितोला ९७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ भने चाँदी तोलामा १५ रुपैयाँ घटेर तोलाको १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी तोलाको १३३० मा कारोबार भएको थियो ।