‘आईएमई पे’ र ‘एजुकेशन पार्क’ बीच विद्यार्थीलाई छुट दिने सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष ११, बुधबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस ११,काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आईएमई पेु र एजुकेशन पार्कबीच आयल्ट्स र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ ।

सम्झौताअनुसार काठमाण्डौको सिभिल मलको आठौँ तलामा रहेको एजुकेशन पार्कमा आयल्ट्स र पीटीईको तयारी कक्षा लिन इच्छुक विद्यार्थीले आईएमई पेमार्फत कक्षाको शुल्क भुक्तानी गर्दा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यही पुस ६ गतेदेखि लागू भएको यो योजनाको अवधि तीन महिनाको हुने आईएमई पेले जनाएको छ ।

यो योजनाले आयल्ट्स र पीटीई कक्षा लिन चाहने विद्यार्थीलाई अझ सहज हुने दुवै कम्पनीले विश्वास लिएका छन् । योजनाको अवधि तीन महिनाको भए पनि पहिला कक्षा ुबुकु गर्ने विद्यार्थीले आफ्नो समयअनुसारको कक्षा छनोट गर्न सक्नेछन् । विद्यार्थीमाझ अति नै लोकप्रिय दुवै कक्षा अनलाइनमार्फत समेत लिन सकिने व्यवस्था गरेको एजुकेशन पार्कले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस