सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० पौष २१, शनिबार (१ साल अघि)
  • २७ पटक पढिएको
सन् २०२४ मा विश्व आर्थिक वृद्धि सुस्त रहने

पौष २१, काठमाण्डौँ । संयुक्त राष्ट्र संघले सन् २०२४ मा विश्वको आर्थिक वृद्धि सुस्त रहने प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्र संघले ‘विश्व आर्थिक अवस्था र २०२४ सम्भावना’ नामक प्रतिवेदन सार्वजनिक गर्दै यस वर्ष विश्वको आर्थिक वृद्धि २.४ प्रतिशत कायम हुने जनाएको छ ।

जुन कोरोना महामारी अघिको ३ प्रतिशत वृद्धिभन्दा कम हो । सन् २०२३ मा विश्वको आर्थिक वृद्धिदर २.७ प्रतिशत थियो । कमजोर बन्दै गईरहेको विश्व व्यापार,उच्च कर्जादर,बढ्दो सरकारी ऋण,न्यून लगानी,बढ्दो भुराजनितीक तनावका कारण विश्वको अर्थतन्त्रमा यस वर्ष सुस्तता आउने प्रतिवेदनमा उल्लेख छ । बढ्दो ब्याजदर,उपभोक्ताको खर्च गर्ने क्षमतामा कमी र कमजोर श्रम बजारका कारण अमेरिकाको अर्थतन्त्रमा गिरावट देखिने राष्ट्र संघले जनाएको छ । विकासोन्मुख देशहरू पूर्वी एसिया, पश्चिमी एसिया, ल्याटिन अमेरिका तथा क्यारेबियाली मुलुकका अल्पकालीन वृद्धि सम्भावनाहरू सङ्कुचित र चुनौतीपूर्ण वित्तीय अवस्था र सुस्त बाह्य मागका कारण कमजोर हुँदै गगएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै न्यून आय तथा कमजोर अर्थतन्त्रहरूले भुक्तानी सन्तुलनको दबाब र ऋणले जोखिमको सामना गरिरहेका छन् । साना, टापु तथा विकासशील राज्यहरूको आर्थिक सम्भावनामा ऋणको बोझ, उच्च ब्याजदर तथा बढ्दो जलवायु जोखिमले बाधा पर्ने प्रतिवेदनमा उल्लेख छ । यस वर्ष अमेरिकाको वृद्धिदर १.४ प्रतिशत रहने प्रक्षेपण गरिएको छ । सन् २०२३ मा अमेरिकाको आर्थिक वृद्धि २.५ प्रतिशत थियो । त्यस्तै चीनको वृद्धिदर ४.७ प्रतिशतमा घट्ने उल्लेख गरिएको छ । विकसीत देशहरुको अर्थतन्त्रमा सन् २०२४ मा आर्थिकवृद्धि ४ प्रतिशत कायम रहने जनाइएको छ । सन् २०२३ मा विकसीत देशहरुको अर्थतन्त्रको आर्थिक वृद्धिदर ४.१ प्रतिशत थियो । एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस