धितोपत्र बोर्डको अध्यक्ष छान्न सरकारले बनायो समिति, कस्तो छ प्रक्रिया ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० माघ ५, शुक्रबार (१ साल अघि)
  • २८ पटक पढिएको
धितोपत्र बोर्डको अध्यक्ष छान्न सरकारले बनायो समिति, कस्तो छ प्रक्रिया ?

माघ ५, काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष चयनका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा‍। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा अर्थसचिव डा कृष्णहरि पुस्कर र शंकरदेव क्याम्पसका उपप्राध्यापक उदय निरौला सदस्य छन् ।

समितिले बोर्डको अध्यक्ष छनोटको सम्वन्धी कार्यविधि बनाउने छ र सो पदको लागि विज्ञापन आव्हान गर्नेछ । कम्तीमा १५ दिनको सार्वजनिक विज्ञापन प्रकाशित गरेपछि प्राप्त आवेदनका आधारमा ३ जनाको नाम छनोट गर्नेछ र अध्यक्ष नियुक्ति गर्न सरकारलाई सिफारिस गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस