गरिमा विकास बैंक लिमिटेडको १८औ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ मंसिर १०, सोमबार (७ महिना अघि)
  • १०० पटक पढिएको
गरिमा विकास बैंक लिमिटेडको १८औ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न

मंसिर १०, काठमाण्डौँ । “स्वस्थ जीवनशैली”का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंक लिमिटेडले १८औ वार्षिकोत्सवको अवसरमा आज मिति २०८१ साल मंसिर ८ गते शनिबार आयोजित सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन श्री बैकुण्ठ मानन्धरद्धारा उद्घाटन गरिएको च्यबम च्बअभ ऋयmउभतष्तष्यल को खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरिएको थियो ।

खुल्ला तर्फको १० कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट, काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो भने कर्पोरेट तर्फको ५ कि.मी. दुरीको प्रतियोगिता विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंबाट शुरु भई नारायणगोपालचोक पुगी पूनः लाजिम्पाट काठमाण्डौं आई समापन हुने गरी रुट तय गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस