शेयर बजार

शेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकममा समेत बृद्धि

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ७५ पटक पढिएको
शेयर बजार सामान्य अंकले बढ्यो, कारोबार रकममा समेत बृद्धि

माघ ६, काठमाण्डौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार सामान्य अंक घटेको नेप्से आज भने सामान्य अंक बढेको हो ।

आज नेप्से परिसूचक १२.५८ अंक बढेर २६०१.२१ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स २.४१ अंक बढेको छ । त्यस्तै, फ्लोट इण्डेक्स ०.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७२ अंक बढेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ९३ करोडको सेयर खरिदबिक्री भएकोमा यस दिन ३२५ स्टकको ७२ हजार ५४० पटकको कारोबारमा ६ अर्ब २५ करोड ७२ लाख ३५ हजार रुपैयाँबराबरको १ करोड २९ लाख ८२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।

#शेयर बजार

ताजा अपडेट

खोजी गर्नुहोस