नेप्सेमा दोहोरो अंकको गिरावट, आज विकास बैंकहरु ०.८३ प्रतिशतले बढ्यो !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ माघ १०, बिहिबार (३ महिना अघि)
  • ६३ पटक पढिएको
नेप्सेमा दोहोरो अंकको गिरावट, आज विकास बैंकहरु ०.८३ प्रतिशतले बढ्यो !

माघ १०, काठमाण्डौँ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.४१ प्रतिशत अर्थात ११.१० अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४४ प्रतिशतले घटेर ४४६.८१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको १ करोड ५१ लाख ४ हजार ०३३ कित्ता सेयर ७ अर्ब ८५ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज विकास बैंक समूह ०.८३ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.३५ अंकले बढ्यो । आज फाइनान्स समूहमा सर्वाधिक गिरावट आयो । यो समूह आज २.४३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.६१ प्रतिशत, होटल ०.७८,हाईड्रो ०.५५,लगानी ०.७९,जीवन बीमा ०.०१,लघुवित्त ०.१,म्युचुअल फण्ड ०.२५,निर्जीवन बीमा ०.७३, अन्य ०.३५ र व्यापार समूह ०.२३ प्रतिशतले घट्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस